हिपमत डटकम

बुधबार, साउन २३, २०८१ || 5406  पटक पढिएको

युएई । युएईमा मादकपदार्थ सेवन गरि झैझगडा गर्ने नेपालीहरुको संख्या बढेपछि अबुधाबीस्थित नेपाली दूतावासले सभ्य बन्न आग्रह गरेको छ । दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुले मादक पदार्थ सेवन गरि झैझगडा गर्ने प्रवृत्ति बढेको युएईको सम्बन्धित निकायबाट जानकारी आएकोले यसतर्फ सचेत रहन आग्रह गरेको छ ।

दूतावास परिसर बाहिर हुलहुज्जत गर्ने , मादक पदार्थ सेवन गरि होहल्ला गर्ने , अराजक व्यवहार प्रदर्शन गर्ने , दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई गालिगलौज गर्नेहरुलाई युएईको कानुन अनुसार कार्वाही हुने गरेको सन्दर्भ उल्लेख गर्दै दूतावासले युएईको ऐन , नियम , कानुन , मूल्य-मान्यताको पुर्ण पालना गरि सोही अनुसार व्यवहार गर्न युएईमा रहने नेपालीहरुलाई आग्रह गरेको छ ।

युएईमा रहने सबै नेपालीहरु नेपालको सद्भावना दुत रहेको जनाउँदै आफू रहेको , बसेको र कार्य गर्ने स्थलमा सभ्य व्यवहार प्रदर्शन गर्न दूतावासले सबै नेपालीहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!