बुधबार, चैत्र १२, २०७६ || 1066  पटक पढिएको

अमेरिकाको आधाभन्दा बढी जनसंख्यालाई घरमै बस्न आदेश दिइएको छ । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि राज्यले प्रभावकारी कदम चाल्दै आधाभन्दा बढी जनसंख्यालाई घरमै सीमित गरिदिएको हो ।
अमेरिकी न्यूज च्यानल सीएनएनका अनुसार अमेरिकाका कम्तीमा १५ राज्य, ३० नगरपालिकाले १६६ मिलियनभन्दा ठूलो जनसंख्यालाई घरमै बस्न निर्देशन दिएको हो । अमेरिकाको कुल जनसंख्याको करिब ५१ प्रतिशत नागरिक घरमै सीमित रहनु परेको जनाइएको छ ।

अन्य दुई राज्य र पाँच नगरपालिकाले पनि यसै साताको अन्त्यसम्ममा ‘लक डाउन’ घोषणाको तयारी गरिरहेका छन् । यी राज्य र नगरपालिका पनि ‘लक डाउन’मा गएको अवस्थामा १८० मिलियन अर्थात देशको कुल जसंख्याको ५५ प्रतिशतभन्दा बढी नागरिक घरमै सीमित हुनेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!