विराटनगर । हिमगिरी सोप उद्योगले चर्चित हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई एक वर्षका लागि ब्राण्ड एम्बेसडर बनाएको छ। मोरङको बुढिगंगा गाउँपालिकामा अवस्थित उक्त उद्योगका अध्यक्ष महेश जाजु र प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले शनिबार विराटनगरमा आयोजित हिमगिरी उत्सव कार्यक्रममा श्रेष्ठ र आचार्यलाई सम्झौता पत्र हस्तान्तरण गरे।

३२ करोडभन्दा बढी लगानी रहेको हिमगिरी सोप उद्योगबाट धोनी साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोप, स्याम्पु लगायत एक दर्जनभन्दा बढी सफाइका सामग्री उत्पादन हुँदैछ। अबको एक वर्षसम्म श्रेष्ठ र आचार्यले हिमगिरी सोपका उत्पादनको प्रचार-प्रसार र प्रवर्द्धन गर्नेछन्। कार्यक्रममा उद्योगका संरक्षक बेनिगोपाल मुन्दडा, संचालक आनन्द जाजु, आशिष जाजु र बेदान्त जाजुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!