रबिन्द्र बराल

शुक्रबार, साउन ०४, २०८१ || 1311  पटक पढिएको

रंगेली। २०४४ सालदेखि रंगेली नगरपालिका-७ मा रहेको जनता क्याम्पसका संस्थापक प्राचार्य लोचनप्रसाद खतिवडाले ३७ वर्षे लामो सेवापछि अवकाश पाउनुभएको छ। खतिवडाले सरकारी जागिर छाडेर २०४७ सालदेखि क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँको नेतृत्वमा क्याम्पसले उल्लेख्य प्रगति गरेको छ र गरिब तथा असहाय विद्यार्थीहरूका लागि उच्च शिक्षाको द्वार खोलिएको छ।

खतिवडाले रंगेली, दर्वेशा, आमगाछी, कर्सिया लगायतका गाउँबाट छात्राछात्रहरूलाई उच्च शिक्षाका लागि प्रोत्साहित गर्नुभयो। उहाँको पहलमा २०४४ सालमा क्याम्पस स्थापना भएपछि धेरै परिवारका सदस्यहरूले आफ्ना छोरीहरूलाई पठनपाठनमा सहभागी गराउन थाले।

खतिवडाले क्याम्पसमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभयो तर विडम्बनाको कुरा, कुनै सामाजिक संस्था वा नगरपालिकाले उहाँलाई कुनै सम्मान प्रदान गरेन। नगरपालिकाले कर्मचारी वा कार्यालय प्रशासक सरुवा हुँदा तामझामका साथ विदाई गर्ने गरेता पनि जनता क्याम्पसका प्राचार्यलाई बिदाई नगर्नु लज्जास्पद कुरा हो। अवकाश पाएपछि उक्त क्याम्पसमा सुरेन्द्र बस्नेतलाई प्राचार्यको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!