हिपमत डटकम

बिहिबार, आषाढ २८, २०८१ || 9861  पटक पढिएको

विराटनगरमा बिहीबार सम्पन्न कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगितामा ६ जना खेलाडीले आ-आफ्नो तौल समूहमा स्वर्ण पदक जितेका छन् । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा आयोजना गरेको प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी, ६१ केजी समूहमा झापाका चन्दन मुखिया, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी, ७३ केजी समूहमा मोरङका पियुष राजवंशी, ८१ केजी समूहमा मोरङका कपिलेश्वर राजवंशी र ८९ केजी समूहमा झापाका प्रशिद्ध भक्त राजलवटले स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा ५ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रथम हुने खेलाडीले २५ सय रुपैयाँ, दोस्रो हुनेले २ हजार रुपैयाँ र तेस्रो हुनेले १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले पुरस्कार प्रदान गरे । यो प्रतियोगिता कोशी प्रदेशमा भारोत्तोलन खेलको विकासका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!