सोमबार, मंसिर २३, २०७६ || 1489  पटक पढिएको

 

हिपमत डटकम
स्याङ्जा,मंसिर २३।

स्याङ्जा जिल्ला गल्याङ् नगरपालीका वडा नं. ९को गेझागाउँको एक घरमा ठूलो अजिंगर राखिएको छ । गत दशैको समयमा गाउँ नजिकैको जंगलबाट उक्त अजिंगरलाई समातेर ल्याईएको हो । अजिंगर करिब ३० किलो र १२ फिट जतिको भएको स्तानीय कुशुम भण्डारीले बताए । उनका अनुसार अजिंगर अहिले गाउँलेहरुको संरक्षणमा राखिएको र आउने दिनमा बन कार्यालयको निर्देशन अनुसार चल्ने बताए । आफ्नै जंगलमा भेटिएको र करिब तीन सय गाउँलेहरु मिलेर समातेर ल्याएको उनले बताए । स्थानीयहरु घाँसपात गर्न जाने ठाउँ भएकाले यसको जोखिम देखेर समातेको र अर्को पनि अजिंगर फेला परेको उनले बताए । अर्को अजिंगर पनि फेला परेको खबर आएको छ त्यसको पनि खोजिकार्य भएको भण्डारी बताउँछन् । गेझा होमस्टे पनि संचालनमा आउँदै गरेको उक्त गाउँमा अहिले अजिंगर हेर्न मानिसको घुँईचो लाग्छ । हालसम्म करिब पाँचहजार जनाले अवलोकन गरेको अर्को नरेन्द्र अर्याल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!