मंगलबार, चैत्र ११, २०७६ || 1181  पटक पढिएको

तनहुँमा हरेक दिन बिहान र साँझको समयमा खाद्यान्न पसल खुल्ने भएको छ । विपद् व्यवस्थापन समितिको आज सम्पन्न बैठकले अत्यावश्यक खाद्य पदार्थ लगायतका सामग्रीको सर्वसुलभ व्यवस्थापन गर्नका लागि हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल खुल्ला रहने निर्णय गरेको हो । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई कम गर्न लकडाउन गरिएको अवस्थामा खाद्यान्नको व्यवस्थापन गर्नका लागि पसल खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । “समितिले निर्धारण गरेको समय बाहेक अरु समयमा खाद्यान्न पसल बन्द रहनेछन,” उहाँले भन्नुभयो । बैठकले जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा आवश्यकता अनुसार वडा वडामा निगरानी कक्ष (क्वारेन्टाइन)को स्थापना गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताउनुभयो । कोभिड–१९ सम्बन्धी सूचना प्रवाहलाई व्यवस्थि तगर्नका लागि जनस्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीलाई फोकल पर्सन तोकिएको छ । सो भाइरस सम्बन्धी जानकारी लिनुपरेमा जिल्लाका विभिन्न अस्पतालका प्रमुखहरुको नाम र मोवाइल नम्बर सार्वजनिक गरिएको छ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका डा. रामकुमार श्रेष्ठ ९८४१२९५९६४, दमौली अस्पतालका डा. सुनिल पौडेल ९८४१४६१५९५, डा. रामहरि दाहाल ९८६०३९७३५१, डा. विवश ढकाल ९८६२९२३७८०, डा शान्ति पोख्रेल ९८४६२६३८६१, खैरेनीटार स्वास्थ्य चौकीका डा. इला थापा ९८४६३९६७५२ मा सम्पर्क गरी जानकारी लिन सकिने छ । यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र भीमादका डा. प्रकाश नेपाली ९८४५५४५४८४, प्राथमिक स्वास्थ्य केन्द्र पुरनडिहीका डा. सुमन प्रधान ९८६४४४२९३७, नगरस्तरीय अस्पताल कालीमाटीका डा. हेमराज पौडेल ९८४९७११९५२ र बन्दीपुर अस्पतालका डा. डिबी क्षेत्री ९८५२०३१०५२ नम्बरमा सम्पर्क गरी जानकारी लिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!