बीरेन्द्रकुमार साह

शुक्रबार, जेठ १८, २०८१ || 6806  पटक पढिएको

बिराटनगर । जनता समाजवादि पार्टि नेपालबाट छुट्टिएका अशोक राई नेतृत्वको जनता समाजवादि पार्टि मोरङको उपाध्यक्षमा बिराटनगरका युवा नेता सत्यप्रकाश लुनिया चयन भएका छन् । लुनिया गत स्थानिय तहको निर्वाचनमा जसपा नेपालबाट बिराटनगर महानगरपालिका वडा न -७ मा वडा अध्यक्षको उम्मेदवार समेत बनेका थिए ।

युवाहरु माझ निकै लोकप्रिय रहेका लुनियाले अशोक राईलाई रोजेका छन् । लुनिया सामाजिक कार्यमा निकै सक्रिय युवा नेता हुन्। उनको राम्रो लिकप्रियाताको कारणले उनले गत स्थानिय निर्वाचनमा जनताको मन जितेका थिए।

अशोक राई नेतृत्वको जसपाले मलाई बिश्वाश गरेर जुन जिम्मेवारी दिनु भएको छ म मेरो पुरा निष्ठाको साथ जिम्मेवारी निर्वाह गर्ने छु र जसपा पार्टिलाई मोरङमा चलायमान बनाउने लुनियाले बताए। हरेक पालिका स्तरमा हामिले अब हाम्रो पार्टीको सदस्यता बिस्तार गर्दै पालिका कमिटिहरु गठन गर्ने हाम्रो पहिलो प्राथमिकता रहेको छ। हामि देश र जनताकोलागि निरन्तर काम गर्ने छौ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!