हिपमत डटकम

मंगलबार, जेठ ०१, २०८१ || 10606  पटक पढिएको

अनलाईन मार्फत ठगी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका-८ घर भई काठमाडौं कुलेश्वर हाईट बस्ने २८ वर्षीया सुनिता गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक आईडी फ्लावर सप नागयाको म्यासेन्जरबाट कुराकानी गर्दै वैदेशिक रोजगारीको लागि जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब रहेको भनी विश्वास दिलाई भिषा प्रोसेसिङको लागि भनी ४७ लाख ६८ हजार ७ सय १६ रूपैयाँ रकम ठगी गरेको खुल्न आएपछि गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वर हाईटबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!