मंगलबार, चैत्र ११, २०७६ || 1035  पटक पढिएको

नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी मनोज साहले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सुनसरीको कोशी गाउँपालिकाका सबै वडालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका छन् ।

कोशी गाउँपालिकाका ८ वटै वडा र लौहकी प्रहरी चौकीलाई मास्क, साबुन र पानी ट्यांकी हस्तान्तरण गरेका हुन् । पिहु एण्ड राज कन्ट्रक्सन प्रालिका प्रबन्धकसमेत रहेका साह र प्रमोद साहले सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा पुगेर १२–१२ सय मास्क र साबुन हस्तान्तरण गरे । त्यस्तै हरेक वडालाई हात धुनका लागि एक–एक वडा पानीट्यांकीसमेत वितरण गरेको साहले बताए । साहले गाउँपालिकाका विपन्न, दलित र मुसहर वस्तीमा पुगेर मास्कसहित साबुन वितरण गरेका थिए । उनले पानीट्यांकी र केही मास्क र साबुन भने वडा नम्बर १ का अध्यक्ष राजकुमार साहलाई हस्तान्तरण गरे । राज्यलाई समस्या पर्दा सहयोग गर्नु हरेक नागरिकको कर्तव्य भएकाले थोरै भए पनि सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!