मोरङ्गको रंगेली अस्पतालको आइसोलेशन वार्डमा आज दिउसो शंकास्पद एक जना विरामीलाई भर्ना गरिएको छ । भर्ना भएका विरामी मोरङ्गको सुनवार्षि नगरपालिका ५ बस्ने ३५ वर्षिय युवक रहेको अस्पतालले जनाएको छ ।
उच्च ज्वरो सहित निमुनियाको समस्या बाट पिडीत भई उपचारका लागी रंगेली अस्पताल पुगेपछी चिकित्सकहरुले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै उनलाई छुट्टै आइसोलेशन वार्डमा राखेर उपचार थालेका छन् ।
रंगेली अस्पतालका मेडिकल सुपरटेण्डन डा.रोहेन्द्र पाण्डेले विरामीमा उच्च ज्वरो संगै निमुनिया रहेकाले कोरोनाको संक्रमणलाई ध्यानमा दिदै आइसोलेशनमा राखेर उचपार थालिएको बताए । विरामीलाई निगरानी राखेर उपचार गरिरहेकाले थप कुनै समस्या देखिए विरामीको स्वाब समेत परिक्षण गरिने डा. पाण्डेले जानकारी दिएका छन् ।
भर्ना भएका ति युवकको छिमेकी रोजगारीको भारतको केरला राज्य बाट केही साता अघि आएको सुचना पाएपछी रंगेली अस्पतालका डाक्टर र रंगेली प्रहरी सहितको टोलीले सो क्षेत्रको अनुगमन समेत गरेको प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिए छन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको संकक्रमणलाई मध्यनजर गरी यस अघि नै रंगेली नगरपालिकाले रंगेली अस्पतालमो ५ वेडको आइसोलेशन वार्ड तयार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!