हिपमत डटकम

मंगलबार, बैशाख ११, २०८१ || 45434  पटक पढिएको

नेपाली फिल्म ‘एक्टर’ को भयो शुभमुहूर्त।

मंगलबार ललितपुरको भैंसीपाटीस्थित कार्यविनायक मन्दिर परिषरमा वैद्दिक विधिअनुसार पूजापाठ गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।

राजन भुसालको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव पाण्डे, सुशील सिटौलालगायत कलाकारहरूको अभिनय रहनेछ। प्रदीप र आनाले फिल्ममा पहिलोपटक सहकार्य गर्न लागेका हुन्।

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यही फिल्ममार्फत डेब्यू गर्न लागेकी छन्। त्यस्तै, अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले यो फिल्मबाट कमब्याक गर्दैछन्।

फिल्मको निर्माता थमन कुमार भण्डारी हुन्। अदृत फिल्मस र मोती फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको ‘एक्टर’ लाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।

वैशाख ३० गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म लक्ष्मी पूजाको अवसर पारेर कात्तिक १५ गते प्रदर्शनमा ल्याइने निर्माण टिमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!