रबिन्द्र बराल

बुधबार, बैशाख ०५, २०८१ || 8471  पटक पढिएको

रंगेली। रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा रहेको श्री काली मंन्दिरमा चैते दशैकाे महानवमी ( राम नमवी) दिन बिराटनगर काे काली मंन्दिरबाट रंगेली स्थित प्राचीन काली मंन्दिरमा पैदल निशान यात्रा ल्याएर चडाएकाे छ। गत कार्तिक मिहनाकाे बिजया दशमीकाे महानवमीकाे दिन समेत निशान चढाउँदै आइरहे तापनि यस वर्षदेखि भने चैत्र दशैंको राम नावमीका दिन समेत निशानि चढाउन सुरु गरिएको छ ।

बिराटनगर देखि २२ किलोमिटर टाढाबाट यस बर्ष पैदल यात्रा गरेर निशान (ध्वजा) लिएर राजेश बगडिया मिली बगडिया किसन गोयल, सुलभ अग्रवाल लगायत १० जना भक्तजनहरुले यस बर्षकाे राम नवमी पहिलो पटक निशास चडाएकाे समिति का राजेश शर्माले बताए ।
बुधबार बिहानै ४ बजे निसान बाेकेर १० बजे बिहानै रंगेली मा निसान चडाकाे अग्रवाल ले बताए । राण कालमा उक्त काली मंन्दिर सदरमुकाम सार्ने वेलामा राणाहरुले कालीकाे मुर्ति लग्नका लागि चार चाेटा हात्तीको प्रगाेय गरेता पनि साे मुर्ति उखालेर लैजान न सके पछि राणाहरुले बिराटनगरमा नयाँ कालीकाे मुर्ति स्थापना गरेकाे अग्रजहरु बताउँछन् ।

मन्दिर बनाउने क्रममा कालीकाे मुर्तिलाई उक्त स्थानबाट अलिकति अग्लो गर्ने प्रयास गर्दा समेत साे स्थानमा सर्पहरु निस्कन थाले पछि पुनः साेहि स्थानमा मुर्ति राखिएको स्थानीयले बताए । अहिले पनि साे मन्दिरमा राणाहरुले दिएकाे गजुर , घन्टी , एक सय आठ ओटा दियो मंन्दिर ब्यवस्थापन समितिले अहिले सम्म सुरक्षीत राखेकाे छ।

राजेश बगडियाका अनुसार यस वर्ष चैत्र महानवमीको दिन आफूहरूले अपरझट कार्यक्रम राखेको हुनाले भक्तजनहरुलाई सो विषयमा जानकारी गराउन नसके को मा आफूहरुले क्षमा समेत मागेका छन्। विगत वर्षहरूमा यसलाई अझै भव्यताका साथ कार्यक्रममा सफल पार्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!