मंगलबार, चैत्र ११, २०७६ || 582  पटक पढिएको

जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ् रहेका छन् । प्रहरीका अनुसार चौबिसकोठीबाट गीतानगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०३००३ प १६३४ नम्बरको मोटरसाइकलले सोमबार राति भरतपुर महानगरपालिका–७ विकास चोकमा स्थानीयवासी ४२ वर्षीय सापकोटालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ निवासी २१ वर्षीय सविन आचार्य घाइते हुनुभएको छ । घाइते आचार्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै स्कर्पियोले सोमबार राति भरतपुर महानगरपालिका–१० त्रिचोकमा धादिङ् घर भई भरतपुर महानगरपालिका–१० बस्ने ४० वर्षीय साजन तामाङलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते तामाङ्को उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । तामाङ्लाई ठक्कर दिने स्कर्पियोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!