हिपमत डटकम

शनिबार, बैशाख ०१, २०८१ || 5585  पटक पढिएको

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको सुरूआतले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना उनले व्यक्त गरेका छन् ।

यस्तै यस अवसरमा मौलिक पहिचान स्थापित गराउँदै सांस्कृतिक पर्यटनमार्फत समग्र देशकै विकास हुने लक्ष्यमा देश अगाडि बढोस् भन्ने कामना उनले गरेका छन् ।

‘विगतका वर्षहरूमा भएका गल्ती, कमीकमजोरीबाट पाठ सिक्दै राष्ट्र निर्माणमा लाग्न सम्पूर्ण नेपालीहरूलाई प्रेरणा मिलोस् भन्दै देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८१ साल एवं सिरूवा पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!