हिपमत डटकम

शुक्रबार, चैत्र २३, २०८० || 5754  पटक पढिएको

बिराटनगर। विराटनगरमा शुक्रबारदेखि दुई दिने महिला एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (सि.एन.आई.) कोशी प्रदेशको महिला उद्यम समितिले महिला एक्स्पोको आयोजना गरेको हो । विराटनगरको अतिथि सदनमा शुक्रबारदेखि सुरु भएको महिला एक्स्पोको शनिबार समापन हुनेछ । कोशी प्रदेश भरीका महिला उद्यमीले उत्पादन गरेको लत्ताकपडा देखि खाद्यान्न सामग्री ६० भन्दा बढि स्टलबाट बिक्री भई रहेका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशको महिला उद्यम समितिका संयोजक महिला उद्यमी रचना राठीले देशको आर्थिक क्षेत्र तहसनहस भएको अवस्थामा पुग्दा ५० प्रतिशतले मात्र राजश्व असुली भई रहेको परिपेक्षमा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ महिला एक्स्पोको आयोजना गरिएको बताए । सि.एन.आई. महिला उद्यम समितिका संयोजक रचना राठी उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष उद्योगी नन्दकिशोर राठीका श्रीमती हुन् ।

सि.एन.आई. कोशी प्रदेशको महिला उद्यम समितिका संयोजक रचना राठीको सक्रियतामा सुरु भएको दुई दिने महिला एक्स्पोमा जुम्लाको स्याउ, दाल, मार्सी चामल, कोदोको पिठो देखि लत्ता कपडा, खाद्यान्न सामग्री, अचार जस्ता सामग्री बिक्री भई रहेका छन् । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना काबरा ग्रुपका बुहारी स्मृति काबराले जोइफुल माइण्ड गिफ्टको पसलबाट बिक्री गरी रहेको गिफ्टको सामग्री खरीद गर्न बाक्लो संख्यामा उपभोक्ता जमघट लाग्ने गरेका छन् । नेपाल र भारतको विभिन्न सहरबाट गिफ्टको सामग्री ल्याएर काबराले गिफ्टको सामग्री बिक्री गरी रहेका छन् ।

संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले सि.एन.आई. महिला एक्स्पोको शुक्रबार उद्घाटन गरेकी छिन् । नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष राजेश अग्रवाल, केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवन सारडा, नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) कोशी प्रदेश अध्यक्ष उद्योगी राजेन्द्र राउत, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले एक्स्पोमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एक्स्पोको उद्घाट समारोहमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, नेपाली कांग्रेसका युवा नेता प्रविण जोशी, महिला उद्यम समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि सहित उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34