बीरेन्द्रकुमार साह

शुक्रबार, चैत्र २३, २०८० || 4807  पटक पढिएको

बिराटनगर । डाक्टर र अस्पतालको काम हो बिरामीको उपचार गर्ने तर अस्पतालहरुको भिडमा एउटा यस्तो अस्पताल पनि छ जुन अस्पताल र अस्पतालमा कार्यरत डाक्टरहरु मनकारी छन् ।बिरामीको उपचार संगसंगै समाजका दुखि पिडित र असहायहरुलाई निरन्तर सहयोग गर्छन् त्यो अस्पताल हो बिराटनगरको पारस हस्पिटल ।

केहि दिन अगाडी मात्र सुनसरीको कोशी गाउँपालिका वडा न -३ मा आगलागीमा परि दुखमा रहेको परिवारलाई पारस हस्पिटलले १६ परिवारलाई खाधान्न सहित राहत बितरण गरेको छ भने ८० जनालाई आवस्यक औषधिहरु बितरण गरिएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए।

रमजानको यो महिना र पारस हस्पिटलमा बिरामीहरुको भिडको बाबुजुत पनि यस्तो दुखको समयमा हामिले सहयोग गर्नु पर्छ यो हाम्रो दायित्व हो भनेर हामि रातको समय निकालेर पनि कोशी गाउँपालिका वडा न -३ मा गएर राहत बितरण गर्यौ पारस हस्पिटलका संचालक तथा गोल्ड मेडलिष्ट डाक्टर रफिउर रहमानल्व बताए । सहयोग बितरण गर्न आफुहरुलाई नैतिक रुपमा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले सहयोग गरेको डाक्टर रहमानले बताए। सहयोग बितरण कार्यक्रममा कोशी गाउँपालिका वडा न -३ का वडा अध्यक्ष सुलेमान मन्सुरको पनि बिशेष भुमिका रहएको रहमानले बताए । आज शुक्रबारदेखि ईदसम्म आफ्नो ओपिडी सेवा निशुल्क राख्ने समेत डाक्टर रहमानले बताए ।

हामिले यो भन्दा अगाडी पनि बर्जु गाउँपालिकाको आगलागीमा परेको परिवारका १८ जनालाई सहयोग बितरण गरेका थियौ र अन्य ब्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको डाक्टर रहमानले बताए । मोरंग ,सुनसरी ,सप्तरी ,र भारतको बिहार राज्यमा समेत पारस हस्पिटले स्वास्थ्य शिविर मार्फत गाउँ गाउँमा गएर सहयोग गर्दै आएको छ। पच्छिलो समय समाजसेवामा पारस हस्पिटल बिराटनगरको सक्रियता बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!