क्रिश्चियन धर्मावलम्बीलाई कोरोना लाग्दैन भनेर संचार माध्यमबाट अफवाह फैलाउने एक जना पास्टर पोखरामा समातिएका छन् ।
अफवाह फैलाउन पास्टर केशवराज आचार्य रहेको प्रहरीले जनाएको छ ।
आचार्य पुरानो जन्म थलो जुम्ला भई हाल पोखरा ३२ को एक चर्चमा पास्टरको रुपमा काम गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीलाई उनलाई कोरोनाबारे अफवाह फैलाएको अभियोगमा नियन्त्रणमा लिइएको जानकारी दिए ।