हिपमत डटकम

बुधबार, चैत्र २१, २०८० || 8569  पटक पढिएको

विराटनगर । मोरङ र उदयपुरबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका सँवा ६ बजे मोरङको विराटनगर महानगरपालिका १५ स्थित २ नं. ढाँटबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जिल्ला अररिया ठगपुरा पञ्चायत बस्ने २६ बर्षीय मनोज ऋषिदेवलाई लागुऔषध ब्राउन सुगर १७.२३ ग्राम सहित पक्राउ गरेको हो ।

यसैगरी हिजो बेलुका साढे ७ बजे विराटनगर महानगरपालिका १५ स्थित १ नं. ढाँटबाट लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका १ बस्ने २३ बर्षीय उज्वल गजमेरलाई लागुऔषध एभिल -१० एम्पुल, लुपिजेशिक -१० एम्पुल, फेनारागन-१० एम्पुल, डाइजोपाम-१० एम्पुल सहित पक्राउ गरेको छ ।

यसैगरी हिजै राती साँढे १० बजे उदयपुरको त्रियुगा नगरपालिका लालपत्ताबाट प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ६ जलजले बस्ने २३ बर्षीय मो. सकिर अलिलाई लागुऔषध प्रोर्मेथाजिन १४ एम्पुल, डाइजोपाम १४ एम्पुल र बुप्रिनोर्फिन १४ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!