हिपमत डटकम

मंगलबार, चैत्र २०, २०८० || 5100  पटक पढिएको

मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ३४ वर्षीय सन्तोष गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले १० जनालाई वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई मकाउ पठाईदिन्छु भन्दै पीडितहरूबाट उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग
ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!