हिपमत डटकम

शनिबार, चैत्र १७, २०८० || 3043  पटक पढिएको

मोरङ। सुन्दरहरैचा नगरपालिका-७ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ५१ मिलिग्रामसहित २ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्रउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय जीबन लिम्बु र २६ वर्षीय सुमन लिम्बु रहेका छन् । सुन्दरहरैचा नगरपालिका-७ पाथिभरा बस्ने कमला वानेमको घरमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले कमलाको घर तलासी

गर्दा उनको घरमा पाहुना आएका दुवै जनालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!