रबिन्द्र बराल

शुक्रबार, चैत्र १६, २०८० || 4623  पटक पढिएको

बिराटनगर । “ ६७ ओै राष्ट्रिय सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ। रङ्गेली नगरपालिका , धनपालथान गाउँपालिका र सुनबर्सी नगरपालिका भित्र रहेका सहकारीहरूकाे सदस्य तथा संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा रङ्गेली ३ बेतौना देखि बाट सुरु भएको -र्याली रङ्गेलीकाे मुख्य बजार, बसपार्क, हुँदै झपरतल मा पुगेर कोणसभामा परिणत भएको थियो।

मोटरसाइकल ऱ्याली ई कमलेश्वर ठाकुर ठाकुरको संयोजकत्वमा भएको थियो । १५० जना सहकारीकर्मीहरु मोटरसाइकल र्‍यालीमा सहभागीता जनाएको थियो । नेपाल मा विगत ६७ वर्ष देखि सहकारी अभियानमा राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएको छ । राष्ट्रिय सहकारी दिवसले यतिबेला अभियानभित्र रौनकता समेत छाएको छ । २०१३ चैत्र २० गते देशव्यापी रुपमा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै आइरहेको छ ।

सहकारी दिवसको पूर्वसन्ध्यामा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सम्पूर्ण संघ संस्थाहरुले यतिवेला विविध सामाजिक कृयाकलापहरु काे आयोजना गरेर कार्यक्रमहरुमा ऐक्यवद्धता समेत जनाउदै आइरहेका छन्। आज भन्दा ६७ वर्ष अघि अर्थात् २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको हो । सो कार्यक्रममा धनपालथान गाउ पालिका रंगेली नगरपालिका र सुनवर्षी गाउँ पालिका का करीब ३०० जना सहकारीकर्मीहरु सहभागी रहेको थियोे । साइकल ऱ्याली का संयोजक एवं सदभाव बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!