बीरेन्द्रकुमार साह

शुक्रबार, चैत्र १६, २०८० || 22667  पटक पढिएको

नेतालाई भ्रष्टाचारी हुन् बाट जोगाउन जनताले पनि भूमिका खेल्नु पर्छ। देशमा हुने हरेक निर्वाचनलाई खर्च नहुने गरि वा कम खर्चिलो निर्वाचन गराउनमा जनताको पनि महत्वपूर्ण भूमिका हुन्छ। यदि निर्वाचनमा कुनै खर्च भएन वा कम गर्छ भयो भने नेतहारुले गर्ने भ्रष्टाचारमा पनि गिरावट आउँछ। निर्वाचनको खर्च र नेताले गर्ने भ्रष्टाचारबीच गहिरो सम्बन्ध छ। यस बिषयमा सबै नागरिकहरुले बुझन आवशयक छ। निर्वाचनमा कम खर्च भयो भने स्वभाबिक रुपमा पनि भ्रष्टाचारमा कमि हुने थियो।

हामि आम नागरिकहरु केवल प्रश्न मात्र गर्छौ सदैव कि नेताहरु भ्रष्ट भए , ,भ्रष्टाचारले पराकाष्ट नाघी सक्यो। चिया गफमा पनि हामि यसै बिषयमा केन्द्रित रहेर गफगाफ र छलफल गर्छौ तर एक पटक सोचौ त नेताहरुलाई कतै भ्रष्ट बनाउनमा तपाई हाम्रै हात त छैन ? एक पटक यस बिषयमा गम्भीर भएर चिन्तन गर्नुस त ?

एउटा सामान्य चुनाव भयो भने पनि भोट दिने व्यक्तिहरु कमै मात्र हुन्छन् जो आफ्नो स्व विवेकले निस्वार्थ रुपमा मतदान गर्छन्। अधिकांश त्यस्ता व्यक्ति हुन्छन् जो उम्मेदवारहरु संग धेरै नै स्वार्थ राख्छन् र उम्मेदवारहरुलाई खर्च गर्न बाध्य पार्छन्। मानौ केहि महिना अघि मात्र सम्पन्न भएको स्थानिय निर्वाचनमा एउटा उम्मेदवारले मेयर उपमेयर बन्न कति खर्च गरे होलान् ? हामि यकिन गरेर भन्न सक्दैनौ चुनावको खर्च पनि उम्मेदवारहरुले ५/७ लाख नै खर्च पेश गर्छन् खर्च बिवरण पेश गर्नु पर्ने बाध्यता भयो भने तर बास्तवमा एउटा मेयर /गाउँपालिका अध्यक्ष बन्न उम्मेदवारले १ देखि ३ करोडसम्म रकम खर्च गर्नु पर्ने बाध्यता छ। यो बाध्यता कसको कारणले भएको हो यसमा पनि सुष्म अध्ययन गर्नु जरुरि छ ।

एउटा उम्मेदवारलाई आफ्नै कार्यकर्ताले समेत पैसा माग्छन् भोट दिन सोच्नुस त अन्य मानिसको हालत के होला ?एउटा बस्तीमा भोट माग्न गयो भने सिधै बस्तीका मनिसहरुले डिल गर्छन् हामि यति जना छौ हामीलाई यति पैसा चाहिन्छ अनि भन्नुस कसरि हुदैन भ्रष्टाचार ? पक्ष बिपक्षका नेताहरु समेत पैसा कै कुरा गर्छन् पैसा नलिकन त पात पनि हल्लिदैन कार्यकर्ता कसरि हल्लियोसा त होइन् ? अनि कसरि हुदैन भ्रष्टाचार ?कमै मानिस होलान जो पैसा नालिकना भोट दिन्छन अधिकांश मानिसहरु पैसा बिना उम्मेदवारलाई भोट दिदैन् अनि आफु जित्नलाई उम्मेदवारहरु करौड़ो खर्च गर्न बाध्य हुन्छन अब भन्नुस भ्रष्ट नेता कि हामि ?

एउटा गरिब व्यक्तिले अहिलेको निर्वाचन लड्न सक्दैन् किनकि उ संग पैसा छैन जो संग पैसा छ जसले पैसा चिनेको छ ,बुझेको छ, उसले चुनाब लड्छ र चुनावमा खर्च गरेको पैसा सावा ब्याज गरेर जनताको पैसा लुट्छन्। अनि हामि नै इमानको कुरा गर्छौ भोट दिने बेला पैसा लिने अनि नेताले भ्रष्टाचार गर्यो ईमान्दार भएन भनेर खुब ईमाङ्को कुरा गर्ने ?लाज हुदैन तपाई हामीलाई इमानको कुरा गर्न ?भोट दिने बेला पैसा लिएर भोट दिने त्यो बेला कंहा गएको थियो तपाईको इमान त्यो बेला ईमान कुन दुलो भित्र पसेको थियो अहिले ईमाङ्को कुरा गर्ने लाज मान्नुस अब लाज।

आउनुस अब हामी संकल्प गरौ कि संघ र प्रदेशको निर्वाचनमा आफ्नो ईमान बेच्दैनौ र पैसामा बिक्दैनौ एउटा सक्षम र इमान्दार व्यक्तिलाई मतदान गर्छौ र निर्वाचनमा पैसाजन्य गतिबिधि गर्ने व्यक्तिको खिलाप सिधै प्रहरीमा उजुरी गर्छौ भनेर हामि आज देखि नै संकल्प गरौ अनि हेरौ भ्रष्टाचारमा केहि मात्रामा भए पनि कमि पक्कै आउने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!