हिपमत डटकम

बिहिबार, चैत्र १५, २०८० || 2526  पटक पढिएको

विराटनगर ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।नेपाल मगर संघ विराटनगर महानगर समितिले आयोजना गरेको ३१ दिने नौमती बाजा प्रशिक्षण एवं मगर बाजा तथा संस्कृति संरक्षण समारोहको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मेयर कोइरालाले भाषा, कला र संस्कृति पाश्चात्य संस्कृतिको अतिक्रमणमा परिरहेको बताउनुभयो । उहाँले आफ्ना मौतिक कला र संस्कृतिलाई भुलेर पाश्चात्य संस्कृतिसित जोडिन थालेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । “आफ्नो कला र संस्कृतिको संरक्षणमा हामी आफैं लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “हामीले आफ्ना मौलिक संस्कृतिलाई बिर्सिन लागिसकेका छौं । यस्ता प्रशिक्षणले कला संस्कृतिको संरक्षणमा सहयोग पुग्ने मैले विश्वास लिएको छु ।”

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, स्नातकोत्तर क्याम्पसका प्रमुख ढकबहादुर मगर, आयोजक संस्थाका अध्यक्ष कुबेरबहादुर मगर, सचिव ममता मगरलगायतले जन्मेदेखि विभिन्न शुभकार्यमा नौमती बाजा प्रयोग हुने गरेको बताउनुभयो । उहाँहरुले प्रशिक्षण लिएर स्वरोजगार बन्न सकिनेमा समेत जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा ३२ जना सहभागी छन् । प्रशिक्षणपछि उनीहरुलाई दुई समूहमा बाँडेर व्यावसायिक रुपमा आयआर्र्जनमा लाग्ने संघका अध्यक्ष कुबेरबहादुर मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!