हिपमत डटकम

सोमबार, चैत्र १२, २०८० || 10566  पटक पढिएको

काठमाडौँ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का,बेनिषा हमाल संगै विजय लामा पनि फाइनल भएका छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा बिजय लामाको पनि मुख्य र बिसेष भूमिका रहने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्।

गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। चलचित्रको अन्य कलाकार र प्राविधिक पनि फाइनल हुने क्रममा रहेको निर्देशक शाहीले जानकारी दिए। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तीम संस्कार’ मा पनि विजय लामा मुख्य भूमिकामा रहेका थिए।

 लामा संगको यो दोश्रो पटक सहकार्यले अझै राम्रो प्रतिफल पाउनेमा टिम आशावादी रहेको छ। छिट्टै चलचित्रको सम्पूर्ण टिम र अन्य जानकारी दिने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!