कृष्णा प्रसाद कुशवाहा

आइतबार, चैत्र ११, २०८० || 4526  पटक पढिएको

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नं ४ को क्षेत्रिय कार्य कमिटीको आयोजनामा बिहिबार होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

रास्वपा क्षेत्रिय सभापति जितेन्द्र मिश्रको अध्यक्षता एवं दलित समुदायको ज्येष्ठ नागरिक बनारसी महराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति मिश्रले होली पर्वले आपसी सद्भाव, भाईचारा कायम गर्ने भएकोले विश्वास गरे । साथै होलीको समयमा चोरी चकारी तथा होलीको बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन प्रहरी प्रशासन सहित सबैलाई आग्रह गर्नुभयो ।

सभापति मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष एवं केन्द्रीय पर्यटन विभाग सचिव हरी पन्त , क्षेत्रिय सचिव सुदिश प्रजापति , नेता प्रभात चौरसिया , उमेश यादव ,मन्मोद यादवलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण मधेश प्रदेश कमिटी सदस्य कृष्ण पासवानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!