सोमबार, चैत्र १०, २०७६ || 2048  पटक पढिएको

नेपाली कांग्रेस मोरङले कोराना भाईरसबाट सबै सर्वसाधारणलाई सचेत गराउने अभियान सुरु गरेको छ । मोरङका ६ वटै क्षेत्रका कांग्रेस जिल्ला सदस्यहरु , स्थायी , आमन्त्रीत एव्म सल्लाहाकारहरुको सुझावका अधारमा मोरङका जनतालाई सचेत गराउन काग्रेस लागी परेको हो । मोरङ काग्रेसका सभापती डिग बहादुर लिम्बुका अनुसार प्रचार प्रसारलाई व्यापक बनाउने , माक्स , सेनिटाजर, गाउँ टोलमा बितरण गर्ने , आम जनताले उपभोग गर्ने खाधान्न सामग्री तथा त्यसमा हुनसक्ने कालो बाजारिलाई अनुगमन गर्न स्थानीय प्रशानलाई अनुरोध गर्ने , खुला बोर्डरले मानिस आवत–जावतकाकारण भाईरस भित्रिन सक्ने भएकाले सिमानाकामा कडाई गर्न सरकारको ध्यान आकर्षण गर्ने , लामो दुरिका यातायातका बन्द हुदा जनतालाई पर्नसक्ने समस्याको उचित व्यवस्थापन गर्न सरकारलाई अनुरोध गर्ने , फोन सम्पर्क मार्फत जिल्ला , क्षेत्र, बुथ, तथा टोलका नेताहरुले पहुँचले भ्याएसम्म फोन गरेर सबैलाई सचेत गराउने बताईएको छ ।
केहि समयकालागी अतिआवश्यक बाहेकका अन्य कार्यहरु बन्द गनुपर्ने अवस्था आएकाले दैनिक ज्याला मजदुरी गरेर जिवीका चलाउदै आएका सर्वसाधारणलाई सरकारका तर्फबाट आवाश्यक प्रवन्ध गर्न माग गरिएको मोरंङ काग्रेसका सचिव मोदराज घिमिरेले बताए । कोरोनाबाट आफुपनि बचौ र अरुलाई पनि बचाऔ भन्ने विचारकासाथ काग्रेसले गाँउ , सहर , बजारमा सचेतना आवलम्बन गर्न आह्वान गरिएको कांग्रेस मोरङका सचिव घिमिरेको भनाई छ । अतिआवश्यक कार्यमा बाहेक घरबाहिर ननिस्कीई सुरक्षीत तरिकाले घरमै बसी केहिसमय लाई दुरी कायम गर्न अनुरोध गरिएको छ । कांग्रेसले रोजगारी या कुनै काम विशेषले देशबाहिर रहेका नेपालीहरुलाई केहि समयकालागी सुरक्षीत तरिकाले सोहि ठाँउमा रहन अनुरोध गरेको छ । साथै वैदेशिक रोजगारीबाट फर्कीएका नेपालीलाई सम्मानजनक तरीकाबाट क्वरेन्टाईनमा राख्ने व्यवस्था मिलाउन सरकार संग माग गरिएको छ ।सामाजिक संञ्जाल तथा अनलाईका माध्यामबाट भ्रमफैलीने खालका सामाचार भन्दापनि सचेत र सुरक्षीत हुने खालका समाचार संम्प्रेसण गर्न कांग्रेसले आग्रह गरेको सभापती लिम्बुले जानकारी दिए । छलफलमा बहुसंख्यक नेताहरुले कालोबजारी रोक्न सरकार संग पहल गर्नुपर्ने , सर्वसाधारणलाई कोरोनाबाट सर्तकता कसरी अपनाउन सकिन्छ भन्ने विषयमा सचेत गराउनुपर्ने , सरसफाईमा ध्यान दिनुपर्ने, क्वरेनटाईन ठाँउ ठाँउमा निमार्ण गर्नु पर्ने , आईसोलेशन तयारी अवस्थामा राख्नुपर्ने ,संक्रमीतको सम्पुर्ण उपचार खर्च राज्यले बेहोर्नु पर्ने लागयतका बिषयमा सरकारलाई दबाव दिनुपर्ने नेताहरुले सो छलफलमा बिचार व्यक्तगरेका थिए । आम जनतामा व्यापक रुपमा प्रचार, प्रसार गर्ने , माक्स , सेनिटाजर गाउँ टोलमा बितरण गर्ने सम्बन्धमा , आम जनताले उपभोग गर्ने खाधान्न सामग्री लगायत काला बाजारि हुने सम्बन्धमा , खुला बोर्डर भएकोले मानिस आउने कारण कोरेना भाईरस सक्रमण भित्रिन सक्ने सम्बन्धमा लामो दुरिका यातायातका साधन बन्द गर्दा आम जनतालाई पर्न जाने समस्या सम्बन्धमा सरकार लाई आवश्य उचिव व्यवस्थापन गर्न स्थानीय सरकार, प्रदेश र संघिय सरकारलाई अनुरोध गर्न अनुरोध गर्ने । प्यावसन र एन प्यावसनका पदाधिकारीहरुलाई कोरोना रोकथामको बिषयमा आफ्ना विद्यार्थीहरुलाई सचेत गराउन आग्रह गरेको छ ।
पार्टीको पहचिान खुल्ने सामाग्रीहरु वितरणगरी सस्तो लोकप्रीयता कमाउने कार्य नगर्न र नगाराउन कांग्रेसले सबैलाई आग्रह गर्दै यो महामारीमा पार्टीभन्दा माथी उठेर सघाउन सबैलाई आग्रह गरेको छ । त्यसैगरी यो महामारिको अवस्थामा सरकारले गरेका कामलाई एक जुट भएर सहयोग गर्न सबैलाई आग्रह गरेको छ । सो छलफल कांग्रेस जिल्ला समीतीले चैत ८ , ९ र १० गते विभिन्न चरणमा क्षेत्रगत रुपमा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!