हिपमत डटकम

बुधबार, चैत्र ०७, २०८० || 5895  पटक पढिएको

मोरङ । कर्यव्य ज्यान मुद्धामा जन्म कैद सजाय भएका ३ जना फरार प्रतिवादीलाई १६ वर्ष पछी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका- १ का ४८ बर्षीय जित बहादुर राई, ४१ बर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र ४० बर्षीय लक्ष्मण राई रहेका छन् । हिजो इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका- १ र झापाको काँकरभिट्टाबाट पक्राउ गरेको हो ।

उनिहरुले मिति २०६४ जेठ २० गते राती सोहि स्थान बस्ने हर्कराज राईको घर पैँचोमा विवाद हुँदा ३८ बर्षीय सन्तोष राईलाई लाठ्ठी, भाटाले कुटपिट गरी हत्या गरेको र हत्या पश्चात शवलाई केमुना भंज्याङको जंगलमा खाल्डो खनि पुरेका थिए । उक्त घटनामा पक्राउ परेका उनिहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भई फरार रहेका थिए । पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत मोरङ उपस्थित गराईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!