रबिन्द्र बराल

सोमबार, चैत्र ०५, २०८० || 2533  पटक पढिएको

मोरङको कानेपोखरी गाउँपालिका वडा न ;४ रमाइलोमा बसोबास गर्दै आएका बब्लु साह उनका भाइ छोटु साह ले विगत २० वर्षदेखि मोरङको पुरानो बजार दाेहमानामा चटपटे व्यवसायी गरेर आफ्नो परिवार चलाईरहेका छन् र मनग्य आमदानी कमाई रहेका छन् ।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा आकर्षित भएतापनि उनीहरुले भने नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्।
बल्लु र छोटु भन्छन् काम कुनै पनि सानो ठुलो हुदैन बस मन लगाएर काम प्रति समर्पित भएर गर्नु पर्छ। हाम्रा नेपालि दाजुभाईहरु बिदेशमा गैर अर्काको झुठो भाडा माझ्नु परे पनि ईन्कार गर्नु हुन् ,तर नेपाल मै केहि गर्नु पर्यो भने यो काम हामीले गर्न सुहाउछ र भन्दै पन्छिने गरेका छन् ।

घरको आर्थिक अवस्था नाजुक भएको कारणले गर्दा आफूहरूले पढाईबाट वञ्चित हुनु परेको उनीहरुले बताए तर सानैदेखि बुवाले गर्दै आएको पेशा आफुहरुले अंगालेको कारण आजको दिनसम्म जिवनमा खुशियाली नै रहेको उनीहरुले बताए।

अहिले आफ्नो १२ जनाकाे परिवार पालनपोषण समेत गर्दै आइरहेका छन्। चटपटे व्यवसायबाटै आफूले ३ कट्ठा जग्गा समेत खरिद गरेर अहिले सोही स्थानमा बसोबास समेत गरिरहेको छाेटुले बताए ।

उनीहरूले प्रत्येक आइतबार बिहिबार लाग्ने दोहमाना बजारमा आफ्नो चटपटे व्यवसाय सञ्चालन समेत गर्दै आइरहेका छन् । उनीहरूले साताको दुई दिन २० हजार रुपैयाँ सम्म आम्दानी गर्ने गरेको बब्लुले बताए । उनीहरूले बनाउने चटपटेमा विभिन्न प्रकारका धेरै सामग्री हालेपछि थोरै पैसामा पनि धेरै चटपटे आउने भएको कारणले गर्दा ग्राहकहरू झुम्मिएर बस्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!