हिपमत डटकम

सोमबार, फाल्गुण २८, २०८० || 7466  पटक पढिएको

इटहरी।  गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गितको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो ।

भिडियोमा किराँती रितिरिवाज र संस्कृति झल्काउने चरित्र भेषभुषामा मोडलहरुलाई प्रस्तुत गरिएको छ । भिडियोमा परिवारले नस्वीकारेको मायाप्रेम र त्यसपछि भागीविवाह गरेको रोमान्चक कथालाई प्रस्तुत गरिएको छ ।

‘शिरबन्दी’ गितलाई राजु कार्किले एरेन्ज गरेका हुन भने जिवन थापा मगरले सम्पादन गरेका हुन् । भिडियोलाई मुहा सिं थापा मगरले छायाँकन गरेका हुन् भने सोम मग्रातीको मेहअप साथै सहनिर्देशन रहेको छ ताराविर पाण्डेले निर्देशन गरेको उक्त भिडियोमा करण धिताल, प्रेमचन्द्र गुरुङ (पी.सी.), विद्या लिम्बू, बिजय लिम्बू, कान्छी तमु, कुसुम गुरुङ, ललित गुरुङ, प्रदिप दाहाल, भरत राई, प्रनय गुरुङ, शरण गुरुङ, मनोज गुरुङ, एनवी गुरुङलाई फिचर्ड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!