हिपमत डटकम

मंगलबार, फाल्गुण ०८, २०८० || 50656  पटक पढिएको

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न सबै लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सोमबार आयोजित ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा उनले प्रजातन्त्र प्राप्तिका कारण जनताले आफ्नो हकअधिकार र स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको क्रान्तिबाट निर्माण भएको चर्चा गर्दै शासन व्यवस्थाले सहिदको मार्गदर्शन, जनताको आवश्यकता र आकांक्षालाई मूर्त रुप दिनुपर्नेमा जोड दिए । उनले सङ्घीय गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था भएको चर्चा गर्दै यसको सफल कार्यान्वयन गर्न जनताप्रति उत्तरदायी हुनु जरुरी रहेको विचार व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार जनताको हो भन्ने अनुभूति गराउन गरिब छात्रछात्राका लागि निःशुल्क छात्रवृत्तिको कार्यक्रम सुरु गरेको जानकारी दिए ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रजातन्त्रलाई दिगो एवं सफल बनाउन दल तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!