हिपमत डटकम

शनिबार, फाल्गुण ०५, २०८० || 21661  पटक पढिएको

विराटनगर । विराटनगरमा रहेको इस्कोन विराटनगर र इस्कोन नेपाल दुई टुक्रामा विभाजित भएको छ।

शनिबार इस्कोन विराटनगरले पत्रकार समेलन गरेर आफुहरु इस्कोन नेपालको शाखामा नरहेको र हामी चाँडै नयाँ संस्था दर्ता गरी कृष्ण भगवानको भक्तिमा लाग्ने साथै श्री भागवत् गिताको प्रचारप्रसार गर्ने जनकारी दिएका छन्।

लामो समय देखि विवाद हुदै आएको ईस्कोन नेपाल र ईस्कोन विराटनगरको विवाद जिल्ला प्रशासन कार्यालय मोरङले टुंगो लगाई दिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले केन्द्रको नियम अनुसार कार्य गरी संस्था छोडेर अर्को संस्थामा मार्फत क्रियाकलाप गर्न निर्देशनमा इस्कोन विराटनगरले दोस्रो अर्थात अर्को संस्था बटा धार्मिक कार्य गर्ने निबर्तमान अध्यक्ष मनिष राई मन:शिक्षा दास ब्रम्हचारीले बताए। नेपाल अन्तरास्ट्रिय कृष्णभावनामृत संघ ईस्कोनको नेपालमा केन्द्रिय कार्यालय बुढानिलकण्ठ कतःमंदुमा रहेको छ।

केन्द्रिय कार्यालयको मातहत मा रहेर २०७५ सालमा ईस्कोन विराटनगरको शाखा स्थापन भै विभिन्न धार्मिक कार्यहरुगर्दै आएको र २०८० बैशाख देखि केन्द्रले शाखाहरुमा केन्द्र बाटै शाखा अध्यक्ष तोक्ने निर्णय प्रति असन्तुष्टी जनाउदै आएको ईस्कोन विराटनगरले आफ्नै साधन श्रोतमा इस्कोन विराटनगरलाई याँहा सम्म ल्याएको र अहिले यहाँका भक्तहरुको इच्छा बिपरित केन्द्रले आफ्नो मनमानी तरिका बटा अध्यक्ष बनाउन खोजेकोमा स्थानिय भक्तहरुको आरोप छ ।

विवाद उत्कर्सामा पुगे पछि केन्द्रले विराटनगरमा रहेको शाखालाई अबैधानिक रहेको भन्दै राजनीतिक आडमा ईस्कोन विराटनगरमा रहेको शाखा खाली गर्न प्रहरी परिचालन गरेको आरोप निबर्तमान अध्यक्ष मनिष राईले लगाएका छन्। अहिले शाखा कार्यालय रहेको भवन केन्द्रको मातहतमा रहनु पर्ने भन्दै केन्द्रीय समितिले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको र आफुहरुले घरधनी संग अर्कै सहमति गरेको र घरधनीले समेत आफ्नै पक्षमा रहेको हुदा पनी घर ईस्कोन नेपालले घर खाली गराउने प्रयत्न गरिरहेको र ब्रह्ममचारीहरुलाई समेत हटाउन खोजेको उनले बताए ।

विगत दुई वर्ष देखि बिराटनगरमा ईस्कोन नेपालको अर्को शाखा ईस्कोन जलजला, जलजला  चोकमा ईस्कोन नेपालले स्वयं आफै चलाउदै आईरहेको छ र ईस्कोन विराटनगरको संस्था तथा भक्तहरुलाई हटाउन लागि परको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!