हिपमत डटकम

सोमबार, माघ १५, २०८० || 29488  पटक पढिएको

सशस्त्र प्रहरीले मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं. 1० तिनटोलिया स्थित गुँरासटोलमा कम्पाउण्डले घेरेको घरको पछाडी घाँसको झ्याँसमा लुकाई राखेको अवस्थामा १२१ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा सहित ४ जना
व्यक्तिहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १३ सैनिकटोल बस्ने वर्ष २२ का राम अवतार साह, विराटनगर महानगरपलिका वडा नं. १६ बर्माटोल बस्ने वर्ष २३ का राजकुमार मण्डल र सोहि ठेगाना बस्ने


वर्ष २० का उमेश राजवंशी साथै जिल्ला बारा कोल्वी नगरपालिका वडा नं. ०९ घर भई विराटनगर बस्ने वर्ष ३६ का रविन्द्र प्रसाद चौधरी रहेका छन। विशेष सुचनाका आधारमा मध्यराती ००:३० बजे सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी

मोरङबाट खटेको टोलिले उक्त घर तथा कम्पाउण्डमा खानतलासी गर्दा कम्पाउण्ड भित्र रहेको घर पछाडी झारहरुले छोपि लुकाईराखेको उक्त परिमाणको लागुऔषध गाँजा तथा निज व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले गाजाँ सहित निजहरुले प्रयोग गर्ने सवारी भेन १ थान, मोटरसाईकल १ थान, चाँदीको बाला २ थान, विभिन्न मोडलका मोबाईल ५ थानका साथै नेपाली मुद्रा रु. १,४०,७७० र भारतीय मुद्रा रु. ५०० समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरु, बरामद लागुऔषध गाँजा, सवारीसाधनहरु, बरामद नगद तथा मोबाईलहरु आवश्यक कारबाहिका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!