हिपमत डटकम

बिहिबार, माघ ०४, २०८० || 33858  पटक पढिएको

विराटनगर । विराटनगरको सेन्ट जोसेफ विद्यालयमा दुई दिने फ्युजन (मेला तथा प्रर्दशनी) कार्यक्रम आयोजना हुने भएको छ । विद्यालयले फ्युजन कार्यक्रम भोलि शुक्रबार र पर्सि शनिवार संचालन गर्न लागेको हो । विद्यालयका डाइरेक्टर रोहितजंग थपलियाले हरेक वर्ष संचालन हुँदै आएको फ्युजन कार्यक्रमको यो आठौं संस्करण भएको जानकारी दिए ।

उनले यस कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम सहित हस्तकला र विज्ञान प्रर्दशनी गर्ने बताए । उनले कार्यक्रमको मूख्य आकर्षणमा हन्टेड हाउस, स्केप रुम र डीजे रहेको बताए । कार्यक्रममा कार्निमल गेम्स, मेहन्दी आर्ट, फ्रेस पेन्टिङ, हेयर ब्रेन्डिङ लगायतका गेमहरू पनि समावेश गरिएको थपलियाले बताए ।

कार्यक्रममा आँगन स्वीट्स, किरन केक, रङ्गोज मःमः, ओक्रा क्याफेलगायतका विभिन्न फुड स्टल समेत रहने थपलियाले जानकारी दिए । उनले यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना सर्वाङ्गिण क्षमता प्रस्तुत गर्ने मौका पाउने समेत बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भोलि शुक्रबार बिहान ११ बजे कार्यक्रमको उद्घाटन गर्नेछन् । यो कार्यक्रमसँगसँगै विद्यालयले अभिभावक दिवस पनि मनाउने जनाएको छ । कार्यक्रममा विद्यालयका अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रिन्सिपललगायतको उपस्थिति रहने छ । दुईदिनसम्म चल्ने कार्यक्रममा स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!