हिपमत डटकम

मंगलबार, माघ ०२, २०८० || 1205  पटक पढिएको

महेन्द्रनगर । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ । धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद मण्डलले बताए ।

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ । यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!