हिपमत डटकम

शनिबार, पौष २८, २०८० || 32782  पटक पढिएको

काठमाडौँ । लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ ।रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीकाले आफ्नो जीवनमा प्रेमीको आदत परेको कुरा ब्यक्त छ । प्रेमीकाले आफ्ना लागि प्रेमीकोसाथ अपरिहार्य रहेको समेत बताएकी छन् ।

गीतको भिडियो फिल्मी शैलीमा तयार गरिएको छ । भिडियोमा हास्य सिरियल ‘सक्किगोनी’को कलाकार प्रियाना आचार्य मुन्नी’, संजिव तामाङ, गीतकार डा.भामा देवकोटा शर्मा, डा. प्रमोद शर्मा, श्यामा देवकोटाको अभिनय छ । डा. प्रमोद शर्मा निर्माता रहेको भिडियोमा प्रेमीप्रेमीकोको रोमान्टिक प्रेमकथा देखाइएको छ ।

सञ्जिव तामाङको कोरियोग्राफी, विजय रुम्बा लामाको छायांकन तथा सम्पादन रहेको भिडियो संगीतकार विपिन आचार्यले नै निर्देशन गरेका हुन् । गीत अमेरिकामा रहेर नेपाली गीतसंगीत, साहित्य र संस्कृतिलाई माया गर्ने जोडी डा. भामा देवकोटा शर्मा र डा. प्रमोद शर्माको आधिकारिक युट्युव च्यानल प्रभामा क्रियसनबाट सार्वजनिक गरिएको हो । नेपाल र अमेरिकाको बिभिन्न स्थानमा छायांकन भएको भिडियोेको अमेरिका छायांकन चर्चित छायांकार रामेश्वर कार्कीले गरेका हुन् ।फिल्मी शैलीमा तयार भिडियोमा चर्चित फिल्म निर्देशक नारायण पुरीको समेत विशेष मार्गनिर्देशन रहेको निर्देशक संगीतकार आचार्यले बताए । गीत तथा भिडियो दर्शक श्रोताको रुचिमा पर्ने विश्वास गीतकारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!