सोमबार, चैत्र १०, २०७६ || 818  पटक पढिएको

मेरिकी विदेशमन्त्री माइक पोम्पेओ सोमबार अफगानिस्तानको राजधानी काबुल पुग्नुभएको छ । अफगानिस्तानमा तालिबान विद्रोहीका कारण बढ्दो हिंसा, राजनीतिक अस्थिरता र बढ्दो कोरोनाभाइरसको सङ्क्रमणका कारण अफगानिस्तानको अप्ठेरो अवस्थाकाबीच उहाँ काबुल पुग्नुभएको हो । केही समय पहिले शान्ति वार्ताका लागि सहमति भएको भए पनि विकसित पछिल्लो घटनाक्रमका कारण यहाँको शान्ति प्रक्रिया पनि थप खतरामा परेको बताइएको छ । पोम्पेओले अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अब्दुल्ला अब्दुल्लाहसँग भेट गर्नु भएको थियो । अब्दुल्ला अब्दुल्लाहले गत वर्षको चुनावमा राष्ट्रपति पदमा विजयी भएको दाबी गर्दै आउनु भएको छ । तालिबानसँगको हालै भएको वार्तामा प्रमुख भूमिका निर्वाह गरेका राजदूत जाल्मे खालिलजादले पोम्पेओलाई काबुल एयरपोर्टमा पुगेपछि स्वागत गर्नु भएको बताइएको छ । अफगानिस्तान सरकार र तालिवानले कैदी आदानप्रदानको बारेमा पहिलो छलफल गरेको एक दिन पछि अमेरिकी विदेशमन्त्रीको यो भ्रमण भएको बताइएको छ । गत महिना अमेरिका र तालिबान आतङ्कवादीहरुबीचमा अमेरिकी सेना फिर्ताको सम्झौता भएको थियो । सो सम्झौतालाई शान्ति स्थापनाको ठूलो महत्वपूर्ण कदमका रुपमा लिइएको थियो । यस सम्झौतापछि सन् २००१ मा अफगानिस्तानमा आक्रमणपछि अमेरिकाले सुरु गरेको मिसनको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने सम्झौताले एउटा ढाँचा स्थापित भएको बताइएको छ । विदेशमन्त्रीको यो भ्रमण यसै शान्तिवार्तामा केन्द्रित हुने अनुमान गरिएको छ । उहाँले अफगान राष्ट्रपति र अन्य विशिष्ठ अधिकारीहरुसँग गर्ने वार्तामा पनि यसै विषयमा कुराकानी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!