बीरेन्द्रकुमार साह

बिहिबार, पौष २६, २०८० || 3864  पटक पढिएको

बिराटनगर। नरसेवा–नारायण सेवा नामक सामाजिक संस्थाले विराटनगर स्थित कोशी अस्पतालका बिरामीलाई ४० थान कम्मल वितरण गरेको छ । कोशी अस्पतालमा उपचार गराउन आउने कोशी प्रदेश तथा आसपासका क्षेत्रका गरिब तथा असहायहरूलाई ४० थान कम्मल वितरण गरिएको नरसेवा नारायण सेवा संस्थाका संयोजक तथा समाजसेवी देवकिनन्दन अग्रवालले जानकारी दिनु भयो।

नारसेवा नारायण सेवा संस्थाले कोशी अस्पतालमा बिगत ९० दिनदेखि बिरामी तथा कुरुवाहरुलाई चिया बिस्कुट तथा दैनिक निशुल्क खाना खुवाउदै आईरहेका छन्। कम्मल वितरण कार्यक्रममा नरसेव–नारायण सेवाका संस्थापक अध्यक्ष पृथ्वीकुमार अग्रवाल र संयोजक उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवाल लगायतका पदाधिकारीहरूले कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा लगायतको उपस्थितिउ रहेको थियो।

जाडोमा कम्मल पाएपछि कोशी अस्पतालमा उपचार गराउन आएका एक बिरामीले खुशी हुदै यो कार्यको प्रशंसा गरेका छन्। उनले यसरि सामाजिक कार्य गर्दै आएको नर सेवा नारायण सेवा संस्थालाई धन्यवाद ज्ञापन गर्दै यसरि नै दिन दुखीको सेवामा निरन्तर लाग्न शुभकामना दिएका छन्।

नरसेवा नारायण सेवा सामाजिक कार्यमा निस्वार्थ कार्यरत सामाजिक संस्था हो। यो संस्थाले समाजमा रहेका गरिब दुखि ग्ताथा असहायको निरन्तर सेवा गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!