तेह्रथुमको आठराई गाउँपालिका- २ बाट बैंकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्धामा सम्मानित तेह्रथुम जिल्ला अदालतको मिति २०७९।०८।२६ गतेको फैसला आदेशले २ दिन कैद र नगद २ लाख रुपैया जरिवाना तोकिएका स्थानीय ३९ बर्षीय शुसन चोङबाङ लिम्बुलाई ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आठराई- २ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आईतबार सम्मानित तेह्रथुम जिल्ला अदालतमा दाखिला गराउने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।