रबिन्द्र बराल

सोमबार, मंसिर १८, २०८० || 5986  पटक पढिएको

रंगेली। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान” ईलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङ्लस बाेडिङ स्कुलकाे समन्वयमा “प्रहरीसँग विद्यार्थी” कार्यक्रमकाे आयोजना गरिएको छ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच,प्रहरी र नागरीक विच सुमधुर सम्बन्धको विकास र समुदाय-प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्धेश्य का साथ एक दिने कार्यक्रम गरिएको हाे ।

कार्यक्रमको अवसरमा विधालयका १०, ११ र १२ मा अध्ययनरत १२० जना छात्र , छात्रा हरुको समेत सहभागीता रहेको थियोे । साे अवसरमा ईलाका प्रहरी कार्यालय परिसर भित्र विभिन्न जातका एक सय वटा विरुवाहरु वृक्षारोपण समेत गरिएको थियोे । बिधालय ले कार्यलयमा रहेको मानव मस्तिष्क (HUMAN BRAIN) आकारको पुस्तकालयमा विधालयको तर्फबाट २५ थान विभिन्न जीवनपयोगी पुस्तकहरु समेत दिएको थियो ।

कार्यक्रमको सिलसिलामा शिक्षक तथा विधार्थीहरुलाई यस कार्यालयको विभिन्न शाखाहरु अवलोकन गराई लैंगिक हिंसा,जबरजस्ति करणी,बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम,प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रहरी निरिक्षक बुद्धिराम चाैलागाईले प्रशिक्षण समेत गरेका थिए ।

उक्त कार्यक्रममा बिधालय का हेड मेम प्रतीक कार्की ,दिपिका दहाल,प्रविना राजबंशी, अम्विका पाेख्रेल , अनुपा अधिकारी , लगायत शिक्षक तथा शिक्षीका हरु काे समेत सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!