हिपमत डटकम

सोमबार, मंसिर १८, २०८० || 32900  पटक पढिएको

पोखरा। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा कानून विपरीत Bike on Rent लेखिएका करीब चार दर्जन बोर्डहरु जफत गरिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम कास्की र पोखरा महानगरपालिकाको संयुक्त टोलीले अनुगमनका क्रममा कानून विपरीत Bike on Rent लेखिएका करीब चार दर्जन बोर्डहरु जफत गरिएका हुन्।

लेकसाईड क्षेत्रको मुख्य सडकखण्ड तथा भित्री सडकखण्डहरुमा कानुन बिपरितBike on Rent जस्ता बोर्डहरु नै राखी निजी सवारी साधनहरु भाडामा लगाउने ब्यबसाय संचालन गर्दै आईएका अं।४०र४५ वटा पसलहरुमा अनुगमन गरी सोही पसलहरुको बाहिर राखिएका साना ठुला गरी अं। ५०र५५ वटा बोर्डहरु नियन्त्रणमा लिई त्यस सम्बन्धमा कानुनि ज्ञान समेत दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसरी अबैध रुपमा राखिएका भाडाका मोटरसाइकलहरुले बेला(बेलामा बिदेशी पर्यटकहरुलाई ठग्ने गरेको, बढी भाडा असुल गर्ने गरेको गुनासोहरु आउने गरेको छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानूपर्ने स्थानीय बासिन्दाहरुको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!