सोमबार, चैत्र १०, २०७६ || 524  पटक पढिएको

कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेसँगै यहाँ चहलपहल नभएको हो । नाकाबन्दबारे जानकारी नभएका यात्रुको स्वस्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइएको छ । यात्रु गड्डाचौकीबाट पाँच किलोमिटर वरको भीमदत्तनगरसम्म हिँडेरै आइरहेका छन् । गड्डाचौकी बजार पूर्ण रुपमा बन्द छ । सीमानामा सुरक्षा सतर्कता बढाइएको छ । स्वास्थ्यकर्मीको टोली बिहानैदेखि सेवा प्रदान गरिरहेको छ । यस्तै यहाँको मुख्य बजार महेन्द्रनगरसमेत सुनसान छ । पूर्व–पश्चिम राजमार्गमा सर्वसाधारण पैदल नै गन्तब्यतर्फ लागेका देखिन्छ । ठाउँ ठाउँमा प्रहरी टोलीले अनावश्यक रुपमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले गएराति १२ बजेदेखि लागू हुने गरी यहाँको बजार, व्यापार, व्यवसाय, कलकारखानालगायत बन्द गर्ने निर्णय गरेको थियो । “अत्यावश्यक सेवा प्रवाह रोकिएको छैन”, भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले भन्ुभयो, “आइसोलेसन वार्डदेखि अन्य सामग्री र पूर्वाधार निर्माणमा नगरपालिका जुटेको छ ।” यहाँको भीमदत्तनगर बजारमा रहेको सिएमए छात्रावासमा १०० श्ययाको आइसोलेसन निर्माण गर्न नेपाली सेना जुटेको छ । सीमानाका, राजमार्ग र बजार क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यातायातका साधन बन्द हुँदा भने यात्रुलाई समस्या भएको छ । गड्डाचौकी क्षेत्रको स्थलगत अनुगमन तथा अन्य बजार क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरधी बालकृष्ण कार्की भीमदत्तनगर आइपुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!