बीरेन्द्रकुमार साह

बिहिबार, मंसिर ०७, २०८० || 1159  पटक पढिएको

विराटनगर। जनता समाजवादी पार्टी मोरंगको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ ।

बिहिबार बसेको वैठकले राजकुमार यादवको अध्यक्षतमा ५७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । पुनर्गठित समितिको उपाध्यक्षद्धयमा महेश्वर यादव र मन्तलाल यादव , सचिवमा राछामी किराती , उपसचिवमा दिनेश कुमार साह,विनोद सिंह र कोषाध्यक्षमा विनिता कुमारी सिंह चयन भएका छन ।

यसैगरि सदस्यहरुमा दिलीप कुमार चौधरी , राम यादव , मोहमद हक मुदिन , नागेश्वर यादव , जितनारायण साह, जगत चेम्जोंग , धर्मराज लिम्बु , हुस्ना बानो , कुशेश्वर राजवंशी , बालदेव यादव , रमेश यादव , राकेश रोशन यादव , गंगा प्रसाद यादव, नथुनी प्रसाद सिंह लगायत छन ।बैठकले जिल्ला समितिको जिल्ला सदस्य राकेश रोशन यादवलाइ प्रवत्ता तोकेको छ ।

पार्टीको हालै सम्पन्न विधान अधिवेशनबाट पारित नया विधान अनुसार जिल्ला कार्यसमिति पुनर्गठन गरिएको जसपाका कोशी प्रदेश सचिव एवं मधेश राष्ट्रिय समितिका ईन्चार्ज अनिलकुमार ठाकुरले जानकारी दिए । कार्यक्रमको अध्यक्षता अनिल कुमार ठाकुरले गरेका थिए भने प्रमुख अतिथिमा जसपाका केन्द्रिय सदस्य तथा प्रदेश सह ईन्चार्ज रामबिलास यादव ,बिशिस्ट अतिथिमा कोशी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री जयराम यादव लगायतको उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!