सिरहाको १७ स्थानीय तहमध्ये पहिलो नमुना कामका रूपमा बरियारपट्टी गाउँपालिका वडा नं ३ ले ‘ युवासँग वडाअध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ३ लाई नमुना वडा कसरी बनाउन सकिन्छ भन्ने उदेश्यले युवाहरु संग बिहीवार अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

बरियारपट्टी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बिनोद कुमार यादवकोे आयोजनामा गरिएको सो अन्तक्रिया कार्यक्रम ईलाका स्वास्थ्य चौकी बरियारपट्टीको सभाहरुमा सम्पन्न भएको हो ।

बरियारपट्टी गाउँपालिका वडा नं ३ का युवाहरु पढाई र कामको शिलसिलामा देशको बिभिन्न ठाउँमा गएको अवस्था
रहेको छ । उनीहरु दशौं तिहारको बेला सबै गाउँ आएको हुन्छन । आफुले सिखेको र बुझेको कुरा यस अन्तक्रिया कार्यक्रममा राख्न पाईन्छ जस्ले हाम्रो वडा नम्बर ३ लाई कसरी नमुनाको रुपमा बनाउन सकिन्छ भन्ने योजना आउने उदेश्यले आयोजना गरिएको वडा अध्यक्ष यादवले बताए ।

“संघीय संरकारलाई बचाउने जिम्मेवारी हाम्रो काँधमा छ । त्यसका लागि जनताका चाहना पूरा गर्नु आवश्यक छ,” वडा अध्यक्ष यादवले भने, “नयाँ र केही रचनात्मक गर्न खोज्दा चुनौती आउँदा रहेछन् ।” योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उनको दाबी छ । “युवासँग वडा अध्यक्ष कार्यक्रम सञ्चालन संचालन गरेका छौं । जस्ले युवाहरुको कुरालाई हामीले योजनमा सके सम्म राख्ने प्रयास गछौं ।

कार्यकममा बरियारपट्टी गाउँपालिका वडा नम्बर तिनका युवाहरुको ब्यापक उपस्थिती रहेका थिए । कार्यक्रममा शुरुमा युवाहरु वडा अध्यक्ष संग केही प्रश्नहरु गरेका थिए र जसको उत्तर वडा अध्यक्षले दिए। साथै युवाहरुले वडालाई कसरी नमुना बनाउने भन्ने कुरामा आ आफ्नो धारणा दिएका थिए ।

कार्यक्रममा बितेको दशौं, आउदै गरेको दिपावली तथा छर्ठ पर्वको शुभकामना आदानप्रदान समेत गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!