पुथाउत्तरगंगा गाउँपालिका-५ स्थित तमागर जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक २ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हुकामबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।