हिपमत डटकम

बिहिबार, आश्विन ०४, २०८० || 58490  पटक पढिएको

असोज। विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ ।

तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको छ । आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौं जाने-आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेको जानकारी दिनुभयाे ।

“काठमाडौं जानेआउने बस भाडा विद्यालयको कोषबाट दिने निर्णयमा पुगेका छौं,” अध्यक्ष नौपानेले थप्नुभयो, “दुई जनाको आठ-दश हजार खर्च होला त्यो पैसा विद्यालयको आन्तरिक कोषबाट दिने भएका छौं ।”

शिक्षित नागरिक उत्पादन गर्ने शिक्षकले गुणस्तरीय शिक्षा निर्माणका लागि विधेयकलाई सच्चाउन गरिएको मागमा विद्यालयको समर्थन रहेको बताइएको छ । सामुदायिक विद्यालय शिक्षालाई बलियो र गुणस्तरीय बनाउनका विद्यालय व्यवस्थापन समितिको स्पष्ट भूमीका हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । शिक्षकहरुको प्रतिनिधिको रुपमा अछामबाट आन्दोलनमा सहभागी रहेको र विद्यालय बन्द रहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!