हिपमत डटकम

मंगलबार, भाद्र २६, २०८० || 40896  पटक पढिएको

झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । हिजो दिनको ४ बजे ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ बर्षीय असरफुल हकलाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

यसै गरी हिजै सोही समयमा झापाकै बिर्तामोड नगरपालिका १ कंचनजंघा टोल स्थित बिमला होटल एण्ड लज संचालन गरि बस्ने होटल संचालिका ४० बर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका ७ को २९ बर्षीय रुजन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो । लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको सुचना प्राप्त भई ईलाका प्रहरी कार्यालय अनामनी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!