आइतबार, मंसिर २२, २०७६ || 1611  पटक पढिएको

हिपमत डटकम
जनकपुरधाम, मंसिर २२।

दहेज मुक्त अपन मिथिला समाज सेवा संस्था नेपालले असहाय महिलालाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले सबैला नगरपालिका १२ रघुनाथपुर स्थित आखा नदेख्ने महिला कबिता देवीलाई नगद २५ हजार ५१ रुपैया र कपडा दिएर सहयोग गरेको हो ।
दाईजो प्रथा, महिला शोषण, महिला हिँसा, बलत्कार र भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएको यी संस्थाले गरिब, दलित जनजाति, अपाङ्ग र असहायलाई सहयोग गर्दै आएको छ । अप्पन मिथिला समाजले छुवाछुत र कु–विचार मुक्त समाज सहितको अभियान बोकेर काम गर्दै आएको संस्थाका अध्यक्ष संजय कुमार साहले जानकारी दिए । संस्थाले गरिब, पिडित र असहाय बालबालिकाहरुलाई निःशुल्क शिक्षा समेत दिलाउन पहल गर्दै आएको अध्यक्ष साहले बताए । अध्यक्ष साहले समाज सेवालाई निरंतरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष संजय कुमार साह,कोषाध्यक्ष अध्यक्ष जागेश्वर मण्डल, सचिव उमेश मण्डल, सदस्य रामधनि राउत, दिनेश कुमार मण्डल,राम सागर मण्डल, साथै जितु गरेरी, पति राउत गरेरी,रिझन गरेरी लगायतका व्यक्तिहरुले कपडा र आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!