हिपमत डटकम

आइतबार, भाद्र ०३, २०८० || 4352  पटक पढिएको

विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एक महिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियानअन्तर्गत मोरङका १० पालिकामा पालिका सम्मेलन तथा भेला सम्पन्न गरेको मोरङ जिल्ला वाइसिएल इन्चार्ज दिपक आले मगरले बताएका छन् ।

वाइसिएल मोरङका सचिव मोहम्मद रिहानका अनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनवर्षी नगरपालि,जहदा गाउँपालिका,धनापालथान गाउँपालिका,
मा सम्मेलन सकिएको हो । उक्त सम्मेलनबाट नयाँ समिति पनि गठन भएको छ ।

वाइसिएलको मोरङ जिल्ला समन्वय समितिको विस्तारित बैठक सलकपुरमा गरेर वाइसिएल संगठन विस्तारमा लागेको हो । वाइसिएलले लेटाङ नगरपालिकामा जमिन मंग्राती अध्यक्ष र देबेन्द्र बनेम लिम्बू सचिव रहेको समिति गठन गरेको मोरङ जिल्ला वाइसिएल अध्यक्ष योगेन लिम्बुले बताए ।

यस्तै, पथरी शनिश्चरे नगरपालिकामा रोशन माझीको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन भएको जिल्ला सचिव रिहानले बताए । अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिवमा कृतिका खनाल, सहसचिवमा हिमाल सिन्चुरी, कोषाध्यक्षमा पवित्रा खनाल रहेका छन् ।

यस्तै मिक्लाजुङ गाउँ समितिको दोस्रो अधिवेशनबाट अध्यक्ष सुसन खड्का चयन भएका छन् । सचिवमा दिप पोखरेल (दिपक) छन् ।

यस्तै, बेलबारीको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा किरण कार्की चयन भएका छन् । उपाध्यक्षमा सुवास राई, समिर सुनुवार, अमिर खड्का, सचिवमा सन्तोष लोहोरुङ, कोषाध्यक्षमा सुमन धिमाल चयन भएका छन् । यस्तै, रतुवामाई नगरपालिकाको भेलाबाट अध्यक्षमा कमल गुरागाईं तथा सचिवमा लक्ष्मी मैनाली चयन भए ।

यता, सुन्दरहरैंचा नगरपालिकामा भएको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पृथ्वीमान शिवा चयन भएका छन् । उपाध्यक्षमा कुमार परियार, प्रमोद घिमिरे र दिपा विक, सचिवमा प्रदिप परियार, सहसचिवमा सर्बन कविरथ, कोषाध्यक्षमा विनोद सुन्दास पदाधिकारी रहेको समिति गठन भएको छ ।धनपालाथानमा रमेश रायामात ,जहदामा पंकज सरवारिया चयन भएका छन्। यस्तै आउदो शनिवार केरावारी गाउँपालिक्मामा अधिवेशन राखिएको जिल्ला सचिव मोहम्मद रिहानले जानकारी दिए।

वाइसिएलले जिल्लामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारले गरेका सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गर्दै संगठन निर्माण अभियान सुरु गरेको जिल्ला ईन्चार्ज दिपक आलेमगरले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!