हिपमत डटकम

बिहिबार, साउन ३२, २०८० || 7227  पटक पढिएको

विराटनगर । प्रदेशको नाम खारेज गरिदै बहुपहचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग नेकपा माओवादी केन्द्रले गरेको छ ।

केन्द्रको १ नम्बर प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम खारेज गर्दै बहुपहिचानको आधारमा राख्न माग गरेको हो । पहचानको आधारमा प्रदेशको नामकरण गर्नु पर्ने माग सहित प्रदेश सभामा अगाडी र मुख्यमन्त्री कार्यालय अगाडी पहचानवादीहरुको जोरदार आन्दोलन गरिरहेका बेला माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुको सहयोगमा बहुमतले प्रदेश १ को नाम कोशी प्रदेश राखिएको थियो ।

तर साउन ३२ गते विराटनगरमा बसेको बैठकले कोशी नामलाई खारेज गरेर बहुपहचानको आधारमा नामाकरण गर्नु पर्ने निणर्य गरेको हो । निर्णय सार्वजनिक गर्दै प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टी र संसदीय दलले गरेको कमजोरी प्रति गम्भीर समीक्षा र आलोचना सहित १. नं. प्रदेशको नाम बहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताए ।

उनले पार्टी संगठनलाई थप सुदृढ गर्न केन्द्रीय योजनामा ३ महिने अभियान अन्तर्गत भाद्र १६ गते एकै दिन प्रदेशका १ हजार १ सय ५७ वटै वडामा अभियान उद्घाटन गर्ने गरि कार्यविभाजन गरिएको बताए ।
माओवादीले प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र उदयपुरको बेलकामा कोशी कटानले जनधनको ठुलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक उध्दार, राहत र पुर्नःस्थापना गर्न नेपाल सर सरकारलाई अनुरोध गरेको छ ।

माओवादीले सुनसरीको धरान, इटहरी र झापाको दमक, बिर्तामोड नगरपालिका लगायत विभिन्न सहरहरूमा फैलिरहेको डेंगी रोगको नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न पनि माग गरेको छ ।

यस्तै पशु चौपयामा देखा परिरहेको लम्पी स्किन रोगको कारण पशुपालक किसानहरूले ठूलो क्षति व्यहोर्नु परिरहेको र क्षतिपूर्तिको दिन पनि माग गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!